काठमाडौँ २९ असार : उपत्यकामा नाै जना संक्रमितसहित आज (सोमबार) एक सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।