नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको पालनाका सन्दर्भमा निर्मम हुन र गलत प्रवृत्ति अन्य गर्न सक्रियता देखाउन प्रहरी प्रमुख क्षेत्रीलाई आग्रह गरे ।
उनले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पु¥याउनेसमेत उनले प्रतिबद्धता जनाएका छन् । क्षेत्रीले आजै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर कार्यभार ग्रहण गरेका छन । थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् ।
आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापाले २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व गर्नेछन् ।