नयाँ प्रहरी प्रमुख छनोटका विषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक आज बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक छनोट गर्ने भएको छ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन्
२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । हाल क्षेत्री प्रहरीको मानवस्रोत तथा प्रशासन विभाग र पाल कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख छन् ।