सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज पनि बोलाइएको छ । प्रधानमन्त्रीको राजिनामा माग भएपछि पटक पटक स्थगित हुँदै आएको बैठक हुनेमा भने अन्योल छ।
पार्टीभित्रको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल हुने बताइएको छ । दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति जुटेमात्रै स्थायी समिति बैठक हुने नहुने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
हिजो पनि दुई नेताविच सहमति प्रयासका लागि छलफल भएपछि ठोस निस्कर्ष आउन सकेको छैन । सहमतिका आधार तय गर्न कार्यदल निर्माण गरिएको छ । कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् ।