काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् । यो उपत्यकामा एकदिनमा भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको हो ।
त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ सय ६० पुगेको छ ।