सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल ‘सीएमडीएन’ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो ।बिहीबार उपत्यकाका विभिन्न चार स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमध्ये दुई स्थानको पानीमा कोरोना भाइरस देखिएको सीएमडीएनले जनाएको छ ।
ढलमा कोरोना भाइरस देखिनु समुदायमा कोरोना संक्रमित मान्छेहरु छन् भन्ने प्रमाण भएको सिएमडिएनका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले बताए ।अनुसन्धानको पुर्ण विवरण चाँडै सार्वजनिक गरिने संस्थाले जनाएको छ ।