सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु भइसकेको छ ।