स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।