हङकङमा आजदेखि नयाँ सुुरक्षा कानून लागू भएको छ । चीनले नयाँ सुरक्षा कानून मंगलबार पारित गरी आजवाट कार्यान्वयनमा ल्याएको हो । नयाँ सुरक्षा कानून उल्लंघन गर्नेलाई आजीवन जेल सजायको ब्यवस्था गरिएको छ ।
स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने उद्देश्यले चीनले नयाँ कानून लागू गरेको हो । नयाँ कानूनलाई टेकेर चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ । अन्तर्राष्ट्रिय समुदायले भने नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता खुम्चिने भन्दै चिन्ता व्यक्त गरेका छन् ।