गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा, भरतपुर र काठमाडौंमा गरिएका परीक्षणमा प्रदेशका विभिन्न जिल्लामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा नवलपरासी गैंडाकोटका दुई महिला सहित दश र बुलिङटारका दुई जना रहेका छन् ।
गोरखाको सहिद लखनका एक र बारपाक सुलिकोटका दुई जनामा संक्रमण पुष्टि भएको छ । स्याङजामा आठ जना संक्रमित थपिएका छन् । भीरकोटका पाँच, पुतलीबजार एक, वालिङका दुई जनामा संक्रमण देखिएको हो ।
त्यस्तै बाग्लुङको काठेखोला एक र बडीगाडमा दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकीका एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।