सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा हुने बैठकमा आजवाट सरकारको कामको समिक्षा हुने नेताहरुले बताएका छन् ।
कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र संक्रमण नियन्त्रणमा लागि गरिएको रकममा भ्रष्टाचार भएको आवाज पार्टीभित्रैवाट उठिरहेको छ ।
दुई दिन अघि प्रधानमन्त्री ओलीले आफुलाई हटाउन खोजिएको आरोप लगाएको विषयले पनि बैठकमा प्रवेश पाउने सम्भावना छ । यसअघिको बैठक सीमा विवादमा केन्द्रित भएको थियो । पछिल्ला बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छैनन ।
नेकपाले सरकारको नियमित काम कारवाहीको समिक्षा, राष्ट्रियताको सवाल, अमेरिकी सहयोग निकाय एमसीसी कार्यन्वयन, पार्टी पद्धती तथा एकताको बाँकी कार्यभार लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।