लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन्।
ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।