सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन । रामनगरमा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।
घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ । नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेका छन् ।
घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ ।