काठमाडौँ, १४ असार : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।
आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ ।