पत्रकार कृष्णबाबु पाण्डेको सवारी दु’र्घटनामा परि नि’धन भएको छ। रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दु’र्घटनामा परि ज्यान गएको हो ।मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्’राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दु’र्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठ’क्कर खाएको थियो।
कार दु’र्घटनामा परी ग’म्भीर घा’इते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृ’त्यु भएको हो। ३० वर्षिय पाण्डेको श’वलाई पो’ष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका बि’र्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।