काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन देशभित्र र बाहिरको शक्ति लागेको आरोप लगाएका छन् । उनले भारतको राज्य संयन्त्र नै आफूलाई हटाउन सक्रिय भएको खुलेरै बोले । सँगै देशभित्रका केही नेताहरु पनि लागेको भने । उनीहरुको नाम भने खुलाएनन् ।
एमसीसी पारित गर्न नदिन ओलीइतरको समुह नेकपाभित्र सक्रिय छ । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम छन् । उनीहरुको समुह एकजुट भई ओलविरुद्ध केन्द्रित छ । प्रचण्डले ९ असारमा बालुवाटार बैठकमा ओलीलाई सरकारबाट फिर्ता हुन भनिसकेका छन् । १० असारमा स्थायी कमिटि बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले घुमाउरो तरिकाले यही संकेत गरेका थिए ।