अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी ‘सीसीपी’का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको हो ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने घोषणा गरेका थिए । सोही भनाइलाई बल पुग्ने गरी विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो ।यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्