बैतडीको दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको ‘क्वारेन्टिन’का एकजना भान्सेको मृत्यु भएको छ ।
शनिबार बिहान घरमा एक्कासि बिरामी भएका ५३ वर्षीय पुरुषको उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको स्वाब संकलन गरी ‘पीसीआर’ परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभएको छ ।