सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीलाई लिएर पक्ष र विपक्षमा मत बाझिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदको यही अधिवेशनमा पारित गराउनेगरि अन्तिम गृहकार्यमा जुटिरहेका छन् ।
यही सेरोफेरोमा पार्टीको स्थायी कमिटी बैठकसमेत सुरु भएको छ । स्थायी कमिटीमा ओली स्पष्ट रुपमा अल्पमतमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूहको बुहमत छ । सुरुदेखि नै दाहाल नेपाल समूहले एमसीसी संशोधन नगरी पारित गर्न नहुने अडान राख्दै आएका छन् ।