नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिएका हुन् । उनका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९ हजार एक सय १५ पुरुष छन् ।
अहिलेसम्म ७६ जिल्लामा संक्रमित भेटिएका छन् । अब रसुवामा मात्र संक्रमित भेटिएका छैनन् । हालसम्म २४ जनाको संक्रमणबाट मृत्यु भएकोमा १९ पुरुष र ५ महिला छन् । आज दैलेखको दुल्लुमा ४५ वर्षीय एक पुरुषको मृत्युबारे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।