पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएको हुन् ।