समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको नेता नवराज सुवेदीले जानकारी दिए ।
पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् ।