काठमाडौ । को’रोना महामारी बढ्दै गएपछि सरकारी संयन्त्र पुनः देशव्यापी लकडाउन गर्ने तयारीमा जुटेको बताइएको छ । नेपालमा लकडाउन खुकुलो भएसंगै अत्यधिक भिड हुने र सं’क्रमि’तको संख्या पनि ह्वत्तै बढेकाले यस्तो तयारी गरिएको स्रोतले बताएको छ।
देशका मुख्य शहरहरूमा मानिसहरूले सतर्कता अपनाउनुको साटो झन् जोखिम पैदा गरेको सरकारी नि’ष्कर्ष छ । पुनः देशव्यापी लकडाउन नलगाए परिस्थिति भयाबह बन्ने उनी’हरूको आंक’लन छ । स्रोतका अनुसार असार मसान्त पहिले लक’डाउन गर्ने कि पछि गर्ने भन्नेमा केहि अन्योलता छ । निजि क्षे’त्रलाई असार मसान्तसम्म समय दिएर आर्थिक कारोबार बढाउनुपर्ने केहीको राय छ भने कहिले भने आर्थिक सम्वृ’द्धि भन्दा पहिले जनताको ज्यान ठुलो भएको राय छ ।
असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षे’त्रले हिसाब मिलान गर्नका लागि लकडाउन खुकुलो बनाइएको समेत द्रोताको दाबी छ । हाल पर्याप्त राजश्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ । यसैका लागि पनि असार मसान्तसम्म खुकुलो पर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, सं’क्र’मितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएको मा सरकारको आलोचना भ’इरहेको छ ।
अबको लकडाउन वि’गतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडा’लिटी परिवर्तन गर्ने भ’न्ने स’न्दर्भमा छलफल च’लिरहेको स्रोत बताउँछ।