नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए । उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने बताए ।