नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी आउँदैमा अमेरिकी सेना नआउने बताए ।
‘यो सम्झौता भएपछि यहाँ अमेरिकी सेना आउँछ भन्ने कुरा उठेको छ । म प्रश्न गर्न चाहान्छु,’ बिहिबार प्रतिनिधिसभामा बोल्दै उनले भने,
‘यो सम्झौताको कुन भागमा, कुन दफामा इन्डोप्यासिफिक र सैन्य गतिबिधिसम्बन्धी कुरा उल्लेख छ ? यो सम्झौता २०१७ सेप्टेम्बर १४ मा भएको हो र इन्डोप्यासिफिकको कन्सेप्ट २०१७ नोभेम्बर ४ मा आएको हो । हाम्रो जस्तो देशले जो हामी पञ्चशिलमा विश्वास गर्छौँ हामीले कुनै सैन्य गठबन्धनमा जाने कल्पना पनि गर्न सक्दैनौँ । तर समाजलाई तरङ्गीत गर्नका निम्ति अमेरिकाको सेना आउने भन्ने कुरा भ्रम सिजना गरिएको छ ।’