चीनको राजधानी बेइजिङमा केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न केही क्षेत्रमा लकडाउन बढाइएको चीन सरकारले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेङजिङमा संक्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् । पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोना भाइरस संक्रमण देखिएको थियो ।
पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ । केही दिनअघि सिनफडी मार्केटमा ५ सय १७ जनाको परीक्षण गर्दा ४५ जना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ । बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण थालिएको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ ।