निजी प्रयोगशालाले एक जनाको कोरोनाभाइरस परीक्षण गरेबापत साढे पाँच हजार रुपैयाँ शुल्क लिन पाउने भएका छन् । यो शुल्कको शोध भर्ना भने स्वास्थ्य मन्त्रालयबाट पाइनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा निजी प्रयोगशालालाई पनि परीक्षण गर्ने दिने निर्णय भएको जानकारी दिए । संकलित नमूनाहरूलाई प्रकृया पु¥याएर निजी प्रयोगशालालाई परीक्षण गर्ने दिइने उनको भनाइ छ ।
सरकारले अब सरकारी प्रयोगशालाहरूमा चाप बढी भएर परीक्षण गर्न बाँकी रहेका नमूनाहरू निजी प्रयोगशालालाई दिनेछ । मान्छे गएर परीक्षण गर्ने नभई सरकारी प्रयोगशालामा बढी भएको परीक्षण गर्न दिने जनाइएको छ ।
सरकारले अब सरकारी प्रयोगशालाहरूमा चाप बढी भएर परीक्षण गर्न बाँकी रहेका नमूनाहरू निजी प्रयोगशालालाई दिनेछ । मान्छे गएर परीक्षण गर्ने नभई सरकारी प्रयोगशालामा बढी भएको परीक्षण गर्न दिने जनाइएको छ ।