वीरगञ्जको घण्टाघर क्षेत्रमा बुधबार मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार सांझ मृतक युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्थायी अस्पताल गन्डकीका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिए ।
अन्दाजी २५ वर्षीय मृतक युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको शव व्यवस्थापनको तयारी भैरहेको डा सिंहले बताए ।