नेपालमा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १५ पुरुष र ३ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक एकजना बारा निजगढका ५ वर्षीय बालक हुन् भने अर्का बेवारिस रुपमा फेला परेका २५ वर्षीय पुरुष हुन् ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको थियो । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अर्का बालक बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी हुन् । उनलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु गरिएका थियो । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको थियो ।