गत २४ घन्टामा चार सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दैनिक संक्रमण अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको कुल संख्या पाँच हजार ६२ पुगेको बताए । संक्रमितमध्ये आठ सय ७७ जना निको भएर घर फर्केका छन् । त्यस्तै, कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६ पुगेको डा. गौतमले बताए ।