काठमाडौं, २८ जेठ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सिमानाको सुरक्षा विपरीत दिएको अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले एक विज्ञाप्ति जारी गरी गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा सांसद गिरीलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग पनि गरिएकाे छ ।