जनशक्ति अभाव र प्रयोगशालाको क्षमता कम भएकाले देशभर संकलन गरिएको स्वाब परीक्षणमा ढिलाई भएको छ । अहिले देशका विभिन्न स्थानका २१ वटा प्रयोगशालामा २४ हजार भन्दा बढी नमुना थुप्रिएका छन् ।
प्रयोगशालालाई आवश्यक सामग्री, जनशक्ति र ल्याबको क्षमता विस्तार हुन नसक्दा परिक्षणले तिब्रता पाउन नसकेको हो । पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालामा भीटीएम, परीक्षण किट जस्ता सामान सहज रूपमा उपलब्ध हुन नसकेको अस्पतालहरुले बताएका छन् ।