कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट १८ जना कोरानाबाट निको भएर घर फर्किएका हुन ।
उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खादा लगाएर अस्पतालबाट बिदा गर्नुभयो हिजो गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।