गढवा गाउँपालिका वडा नम्बर १ राप्ती नदी बगरमा रोकेर राखिएको ४ वटा स्काभेटरमा आज विहान करिब ३ बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कालाकाटे–गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा आगजनी भएको हो ।
आगजनीबाट करिब ४ करोडको ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् ।