चितवनमा सोमबार १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजना स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा चितवनका १७ जना, नवलपुरका पाँच र धादिङका एकजना रहेका जनाइएको छ ।