सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो ।
एक वर्ष अघिकै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको एमसीसीबारे सत्तारुढ दलभित्र विवाद देखिएपछि गत हिउँदे अधिवेशनमा पनि पारित हुन सकेन ।
नेपालमा ऊर्जा र सडक परियोजना अघि बढाउनका लागि अमेरिकी सरकारले ५५ अर्ब बराबरको अनुदान दिने निर्णय अनुसारको एउटा सर्त संसदबाट अनुमोदन समेत छ ।