कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा ३८ जना र उदयपुरमा तीन जना छन् ।स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा गरिएको परीक्षणमा ३ जना र सुर्खेतका प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जना गरी कर्णाली प्रदेशमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरुमा सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।