बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया तीन गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचाररत २२ जना संक्रमण मुक्त भएर गएराति डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरूमा पचारौता नगरपालिका दश जना, सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका चारजना र बारागढी गाउँपालिकाका एकजना रहेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी पनि कोरोनामुक्त भएका छन् । डिस्चार्ज हुनेमा जेठ ९ देखि १४ गतेसम्मका संक्रमण पुष्टि भएको थियो ।