राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैं’क्वेटमा रोकियो ।
सं’युक्त अरब इमिरेट्स (युएइ)बाट एयर अरेबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो । दुबईबाट फर्किएकामध्ये प्रदेश नं १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो ।
दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उहाँ रित्तै हात फर्किनुभयो । कारोना भा’इरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता ग-यो ।