प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ ।
विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ रहेका छन् । विराटनगरबाट घर फर्केने पूर्व सङ्क्रमित गत वैशाख ५ देखि जेठ ९ गतेसम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए ।