कैलालीमा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् जिल्लाको चुरे गाउँपालिका वडा न. ५ भासु बजारका ५४ बर्षका मानिसलाई १३ बर्षकी छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जेठ १७ गते हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको भन्दै उजुरी परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताए । पीडित बालिकाले आफूमाथि पटक पटक बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख गरेको प्रहरी निरीक्षकले जानकारी दिए ।