काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरो’ग अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। अस्पतालका अनुसार धादिङकी २६ वर्षीया सविता तामाङले ३ छोरी जन्माएकी हुन् ।
पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिन अर्थात् २४६ का दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्। तीनै बच्चा स्वस्थ छन्। चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।