प्रदेश नम्बर २ को रौतहट जिल्लामा आज एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन्।
रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन्। तर रौतहटको कुन-कुन स्थानीय तहमा संक्रमित थपिएका भन्ने जानकारी आफूले अहिलेसम्म नपाएको प्रजिअ घिमिरेले जनाए।