प्रदेश २ मा आइतबार मात्र ६० जना कोरोना संक्रमित थपिएका छन् ।योसंगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ । आइतबार थपिएका संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।रौतहटमा संक्रमित भएका मध्ये दुर्गा भगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।
यस्तै, धनुषामा संक्रमित भएका मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।