रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँको माईतिघर मण्डलामा प्रदर्शन भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालका पदाधिकारीहरुले आज सरीरमा कात्रो कात्रो र दुवै हात बाँधेर सरकार अँध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्ने नारासहित विरोध प्रदर्शन गरेको हुन् । उनीहरुले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।
नवराज विश्वकर्मा प्रेमिकालाई भगाउन भन्दै चौरजहारी पुग्दा गाउँलेहरुद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
रकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समूदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौँमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ ।