राजमार्गमा बढी दुर्घटना हुने क्षेत्रमा रहेका अस्पतालमा ट्रमा सेन्टर स्थापना बजेटमा उल्लेख गरिएको छ ।स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, अनुसन्धान केन्द्रको सञ्चालनमा एकरुपता ल्याई व्यवस्थित गर्न एकीकृत छाता ऐन ल्याइने छ ।
बजेटमा राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल, सेन्टर फर डिजिज कन्ट्रोल नेपाल स्थापना र मेडिकल उपकरणदेखि लिएर औषधिको गुणस्तर जाँच तथा नियमन गर्न नेपाल खाद्य तथा औषधि एडमिनिस्ट्रेशन स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।