पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । नेपालको संविधानको अनुसूची–३ मा निसान छाप समावेश छ ।
नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो