बुधबार रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए।संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन्।
योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो।योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो