विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगिता मिश्रले जानकारी दिइन्।संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए।
बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन्। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ।बुधबार बिहानै रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना संक्रमित थपिएका हुन्।