गुल्मीमा एक जना जनप्रतिनिधि सहति दुई जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाँब परीक्षणमा ३६ र ३७ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
तिमध्ये एक जना जनप्रतिनिधि र एकजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ब्यक्ति हुन् । जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ४४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ । कोरोना संक्रमणका कारण गुल्मीमा हालसम्म एक जनाको मृत्यु भएको छ । अन्य तीन जनामा संक्रमण देखिएको छ ।